• २०८३ साउन २९ गते शुक्रवार
  • Preeti To Unicode

कोरियाली राजदूत तेयोङ पार्कको परराष्ट्र सचिव राईसँग बिदाइ भेट

कोरियाली राजदूत तेयोङ पार्कको परराष्ट्र सचिव राईसँग बिदाइ भेट

काठमाडौं । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा सचिव राईले आफ्नो कार्यकालमा नेपाल–कोरिया सम्बन्धलाई थप सुदृढ बनाउन राजदूत पार्कले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।

भेटका क्रममा सचिव राईले राजदूत पार्कको आगामी जिम्मेवारी तथा भावी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन राजदूत पार्कको योगदान महत्वपूर्ण रहेको पनि मन्त्रालयले उल्लेख गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार