काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विदेशी राजदूतहरूसँग एकल भेटवार्ता सुरु गरेका छन् । आजबाट सुरु भएको भेटवार्ताअन्तर्गत प्रधानमन्त्री शाहले पहिलो चरणमा भारतीय राजदूत नविन श्रीवास्तवसँग भेट गरेका छन् । उनले आजै चिनियाँ राजदूत झाङ माओमिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यसअघि प्रधानमन्त्री शाहले विदेशी नियोगका अधिकारीहरूसँग सामूहिक रूपमा भेटवार्ता गर्दै आएका थिए । प्रोटोकलको कारण देखाउँदै उनले राजदूत तथा विदेशी नियोगका अधिकारीसँग एक्लाएक्लै भेट गर्ने गरेका थिएनन् । तर राजदूतहरूसँग व्यक्तिगत भेट नगरेको भन्दै आलोचना हुन थालेपछि प्रधानमन्त्री शाहले आजदेखि एकल भेटवार्तासमेत सुरु गरेका हुन् ।