शेरबहादुर देउवा काठमाडौं आइपुगे, त्रिभुवन विमानस्थलमा कांग्रेस नेताहरूको चहलपहल

शेरबहादुर देउवा काठमाडौं आइपुगे, त्रिभुवन विमानस्थलमा कांग्रेस नेताहरूको चहलपहल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

देउवाको नेपाल आगमनसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि र आगामी रणनीतिबारे चासो बढेको छ। विमानस्थलमा उनलाई स्वागत गर्न कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको बताइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार