पोखरा । तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। तनहुँ प्रहरीले आइतबार रातिदेखि नै पहिरो हटाउने काम भइरहेको जनाएको छ। पहिरोका कारण सडकको एउटा लेन पूर्ण रूपमा अवरुद्ध भएको छ भने सडक खुलाउन प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए। पहिरोका कारण राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।