नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी सवारीका लागि खुला

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी सवारीका लागि खुला

काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार बिहान ९ बजेदेखि निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ। सडक विभागका अनुसार अब ९ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानलगायत निजी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरी काठमाडौँ–धादिङ आउजाउ गर्न सक्नेछन्। यसअघि सुरुङमार्गमा इमर्जेन्सी सवारी, एम्बुलेन्स तथा सरकारी नम्बर प्लेटका सवारीसाधनलाई मात्र आवागमनको अनुमति दिइएको थियो। सुरुङमार्ग निजी सवारीका लागि खुला भएसँगै काठमाडौँबाट धादिङ तथा धादिङबाट काठमाडौँ जाने यात्रुले नागढुंगाको उकालो सडकको विकल्पका रूपमा सुरुङमार्ग प्रयोग गर्न पाउने भएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार