• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : मेयर महर्जन

उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : मेयर महर्जन

काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारले नै नेतृत्व लिनुपर्ने बताएका छन्। फोरमले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले फोहोर व्यवस्थापन स्थानीय तहको मात्र जिम्मेवारी नभएको भन्दै संघीय सरकारले दीर्घकालीन योजना, आवश्यक पूर्वाधार र स्रोतसाधनको व्यवस्था गर्नुपर्ने बताए।

मेयर महर्जनले उपत्यकामा दैनिक उत्पादन हुने फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि वैज्ञानिक र दिगो प्रणाली विकास गर्न आवश्यक रहेको बताए। स्थानीय तहले आफ्नो क्षमताअनुसार काम गरिरहेको भए पनि ठूलो लगानी, प्रविधि र अन्तरसरकारी समन्वय आवश्यक पर्ने भएकाले संघीय सरकारको सक्रिय नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो।

उनले फोहोर व्यवस्थापनका लागि पटक–पटक अस्थायी समाधान खोज्नुको सट्टा दीर्घकालीन रूपमा समस्या समाधान गर्ने गरी योजना बनाउनुपर्नेमा जोड दिए। उपत्यकाका सबै स्थानीय तहबीच समन्वय गर्दै संघीय सरकारको नेतृत्वमा फोहोर व्यवस्थापनको स्थायी समाधान खोज्नुपर्ने उनले बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार