• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

भाल्चेको भेडा फार्म पर्यटकको आकर्षण बन्दै

भाल्चेको भेडा फार्म पर्यटकको आकर्षण बन्दै

नुवाकोट ।नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थित भाल्चेको भेडा फार्म आन्तरिक तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। किस्पाङ पुग्ने अधिकांश पर्यटक यहाँको मनमोहक प्राकृतिक दृश्यावलोकनसँगै बरुवाल जातका भेडा हेर्न भाल्चे पुग्ने गरेका छन्।

भाल्चेमा रहेको भेडा फार्ममा विशेषगरी बरुवाल जातका भेडा पालिँदै आएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा भेडा पालनसँगै पर्यटन प्रवर्द्धनको सम्भावना पनि बढ्दै गएको स्थानीय बताउँछन्। फार्म अवलोकन गर्न र यहाँको रमणीय वातावरणमा रमाउन नियमित रूपमा आन्तरिक तथा विदेशी पर्यटक आउने गरेका छन्।

किस्पाङको पर्यटन विकासमा भाल्चेको भेडा फार्मले महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने देखिन्छ। प्राकृतिक सुन्दरता, स्थानीय जीवनशैली र बरुवाल जातका भेडाको अवलोकनलाई एउटै गन्तव्यमा जोड्न सके यस क्षेत्रलाई थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको अपेक्षा छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार