• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा खोलाले बगाउँदा रोल्पाका ७२ वर्षीय वृद्धको मृत्यु

सल्यानमा खोलाले बगाउँदा रोल्पाका ७२ वर्षीय वृद्धको मृत्यु

रोल्पा । सल्यानमा खोलाले बगाउँदा रोल्पाका एक वृद्धको मृत्यु भएको छ। रोल्पाको गंगादेव गाउँपालिका–४ गैरानेटाका अन्दाजी ७२ वर्षीय देउरुप डाँगीलाई सल्यानको बागचौर नगरपालिका–१२ स्थित बाफुखोलाले बगाएको हो। गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण वली (विपिन)का अनुसार सोमबार साँझ करिब ६:३० बजे सल्यानबाट घर फर्कने क्रममा डाँगीलाई खोलाले बगाएको थियो। खोलाले बगाएको खबरपछि खोजी गर्ने क्रममा उनको शव घटनास्थलबाट करिब ३००–४०० मिटर तल फेला परेको वडाध्यक्ष वलीले जानकारी दिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार