काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ। बुधबार बिहान १०ः५१ बजे बाढी पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो अपडेटअनुसार बाढी धादिङको गल्छी आसपास पुगिसकेको छ भने अबको केही घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेको छ।
बाढीको सतह बढ्दै गएपछि महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ राजमार्ग तथा त्रिशूली नदी किनारका सम्पूर्ण बस्ती र बजार क्षेत्र खाली गर्न आग्रह गरेको छ। तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान अपिल गर्दै महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी मुग्लिनतर्फ तीव्र गतिमा अगाडि बढिरहेकाले त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा जोखिम बढेको छ।