• २०८३ भाद्र ११ गते बिहिवार
  • Preeti To Unicode

गलादेश नेपाललाई सहयोग गर्न तयार

गलादेश नेपाललाई सहयोग गर्न तयार

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा बंगलादेशका परराष्ट्रमन्त्री रहमानले नेपालमा बुधबार भएको विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्न बंगलादेश सरकार तयार रहेको बताएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार, मन्त्री खनालले नेपाललाई आवश्यक सहयोग गर्ने प्रस्ताव गरेकोमा बंगलादेश सरकारप्रति धन्यवाद व्यक्त गर्दै आवश्यकताअनुसार छिट्टै समन्वय गर्ने बताएका छन्। नेपालका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला दुई देशका परराष्ट्रमन्त्रीबीच उक्त टेलिफोन वार्ता भएको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार