काठमाडौं । सरकारले भारतसँग सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्ने भएको छ । यसका लागि आज बसेको मन्त्रिपरिषद् बैठकले कृषि सामग्री लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले भारत सरकारसँग जीटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।