भोटेकोशी बाढीपीडितका लागि पूर्वप्रधानमन्त्री भट्टराईद्वारा १ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि पूर्वप्रधानमन्त्री भट्टराईद्वारा १ लाख सहयोग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन्। उनले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन्। राष्ट्रिय विपत्तिको समयमा आफूले सकेको सहयोग गर्न सबैलाई आग्रह गर्दै भट्टराईले सामाजिक सञ्जालमार्फत सहयोग रकम कोषमा जम्मा गरेको जानकारी दिएका छन्।

भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावितको राहत तथा उद्धारका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग घोषणा गर्दै आएका छन्। बाढीपीडितको राहत तथा उद्धार कार्यमा थप सहयोग जुटाउने उद्देश्यले विभिन्न क्षेत्रबाट सहयोगको क्रम जारी रहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार