रसुवा बाढीमा निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार

रसुवा बाढीमा निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार

काठमाडौँ । रसुवा बाढीमा परी निधन भएकाहरूको पशुपति क्षेत्रस्थित आर्यघाट तथा भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले बाढीमा परी निधन भएकाहरूको निःशुल्क दाहसंस्कारका लागि आवश्यक सबै व्यवस्था मिलाएको कोषका सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिए। उनका अनुसार विपद्का बेला एक–अर्कालाई सहयोग गर्दै मानवता जोगाउने उद्देश्यले कोषले उक्त सेवा सुरु गरेको हो। निःशुल्क दाहसंस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न कोषले आग्रह गरेको छ। वैद्यलाई ९८४१२२९९९४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ। यस विषयमा थप जानकारीका लागि पशुपति क्षेत्र विकास कोषको कार्यालयमा सम्पर्क गर्न सकिने पनि कोषले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार