• २०८३ भाद्र १६ गते मङ्गलवार
  • Preeti To Unicode

बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

झापा । झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख २८ हजार २८८ सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी उक्त रकम कोषमा जम्मा गर्ने जनाएको छ। गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाका अनुसार बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सहयोग रकम उपलब्ध गराउन लागिएको हो। सहयोग रकममध्ये गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु दुई लाख, सम्पूर्ण जनप्रतिनिधिबाट रु ६० हजार, गाउँपालिकाका कर्मचारीबाट रु सात लाख ३८ हजार ६७९ र शिक्षकबाट रु १५ लाख २९ हजार ४०९ सङ्कलन गरिनेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार