• २०८३ भाद्र १६ गते मङ्गलवार
  • Preeti To Unicode

छोचेन खोलाको इम्प्याक्ट क्रेटरमा जम्मा भएको पानी निकास, हिमखण्ड भत्किने जोखिम कायमै

छोचेन खोलाको इम्प्याक्ट क्रेटरमा जम्मा भएको पानी निकास, हिमखण्ड भत्किने जोखिम कायमै

काठमाडौं । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर अर्थात् प्रभाव क्षेत्र वरपर रहेका हिमनदी तथा हिमखण्ड अझै भत्किन सक्ने जोखिम रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजले मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार उक्त जानकारी सार्वजनिक गरेको हो।

सीसीटीभीका अनुसार, दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको ग्यिरोङ (केरुङ) काउन्टीमा आएको लेदोसहितको बाढीबाट उत्पन्न जोखिमको निरन्तर मूल्याङ्कन गर्न चीनको जलस्रोत मन्त्रालयले परामर्श तथा अनुगमनलाई निरन्तरता दिइरहेको छ।हालै गरिएको रिमोट–सेन्सिङ तस्वीरहरूको तुलनात्मक विश्लेषणमा ग्यिरोङ साङ्पो नदी बेसिनमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालको जलसतह क्षेत्रमा उल्लेखनीय परिवर्तन नदेखिएको जनाइएको छ। ती हिमतालहरू समग्रमा स्थिर अवस्थामा रहेको मन्त्रालयको निष्कर्ष छ।

मंगलबार बिहान नेपाली समयअनुसार ५:४५ बजे खिचिएको ड्रोन तस्वीरका आधारमा नेपालको छोचेन खोलास्थित इम्प्याक्ट क्रेटरमा जम्मा भएको पानीको अधिकांश भाग बगेर निकास भइसकेको छ। तल्लो तटीय क्षेत्रमा नदीको बहावसमेत सामान्य अवस्थामा रहेको बताइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार