काठमाडौं । बलिउड अभिनेता सोनु सुद बाढीपीडित नेपाली नागरिकका लागि राहत सामग्री लिएर मंगलबार काठमाडौं आइपुगेका छन्। गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न उनी नेपाल आएका हुन्। बाढीपछि सुदले सामाजिक सञ्जालमार्फत नेपाली नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। उनले सामाजिक सञ्जालमा, ‘नेपाल, तिमी एक्लो छैनौँ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौं,’ भन्दै नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गरेका थिए। आफ्नो प्रतिबद्धताअनुसार राहत सामग्रीसहित नेपाल आएका सुदले बाढी प्रभावित नागरिकलाई सहयोग गर्ने भएका छन्।