अविरल वर्षापछि अरनिको राजमार्गको कोदारी खण्ड अवरुद्ध

अविरल वर्षापछि अरनिको राजमार्गको कोदारी खण्ड अवरुद्ध

काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत कोदारी खण्ड अवरुद्ध हुँदा उक्त क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। वर्षासँगै आएको बाढी तथा पहिरोका कारण सडक अवरुद्ध भएको हो। सडक विभागका अनुसार अवरुद्ध सडक पुनः सञ्चालन गर्न सडक डिभिजन कार्यालय चरिकोटमार्फत मर्मत तथा सफाइको काम तीव्र रूपमा अघि बढाइएको छ। सडकमा थुप्रिएको गेग्रान हटाउन तथा क्षतिग्रस्त सडकखण्ड मर्मत गर्न आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको विभागले जनाएको छ। मौसमले साथ दिएमा र काम अपेक्षाअनुसार अघि बढेमा आज बेलुकासम्म सडक सुचारु हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार