‘ग्रीन आर्मी’लाई वैधता दिएको भन्दै एमाले नेता आचार्यको आपत्ति, कारबाहीको माग

‘ग्रीन आर्मी’लाई वैधता दिएको भन्दै एमाले नेता आचार्यको आपत्ति, कारबाहीको माग

काठमाडौं । रचनाको स्पष्ट व्यवस्था गरेको बताएका छन्। उनका अनुसार नेपाली सेना नेपालको एक मात्र संवैधानिक सैनिक संगठन हो। उनले ‘ग्रीन आर्मी’ कसले, कुन उद्देश्यले गठन तथा दर्ता गरेको हो र यसको नाम, संरचना तथा सैन्य स्वरूपलाई कुन कानुनी आधारमा वैधता दिइएको हो भन्ने विषयमा राज्यले स्पष्ट र सार्वजनिक जवाफ दिनुपर्ने बताएका छन्।आचार्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाहेकका कुनै पनि समानान्तर सुरक्षा वा सैन्य संरचनालाई नेपालको संविधान र कानुनले नचिन्ने दाबी गरेका छन्। कानुन र संविधानले नचिनेका सैन्य स्वरूपका संरचना भए तत्काल खारेज गर्नुपर्ने उनको भनाइ छ।

उनले कुनै पनि बहानामा धार्मिक, साम्प्रदायिक वा अन्य नाममा सेना वा अर्धसैनिक संरचना निर्माण गरी मुलुकलाई द्वन्द्व तथा गृहयुद्धतर्फ धकेल्ने प्रयास स्वीकार्य नहुने बताएका छन्। राज्यको सुरक्षा संरचनामाथि समानान्तर शक्ति खडा गर्ने छुट कसैलाई नभएको भन्दै उनले यस्तो संवेदनशील विषयलाई सामान्य घटनाका रूपमा पन्छाउन नहुनेमा जोड दिएका छन्।

आचार्यले सरकारलाई यस विषयमा गम्भीर भएर तथ्य सार्वजनिक गर्न तथा संविधान र कानुनविपरीत देखिने कुनै पनि संरचना तत्काल नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही गर्न आग्रह गरेका छन्। राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भावमाथि हुने कुनै पनि षड्यन्त्र क्षम्य नहुने उनको भनाइ छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार