• २०८३ भाद्र १८ गते बिहिवार
  • Preeti To Unicode

कुलमान घिसिङसँग प्रधानमन्त्री बालेन शाहको भेट, सुरुङमा फसेका नागरिकको उद्धारमा जुट्ने प्रतिबद्धता

कुलमान घिसिङसँग प्रधानमन्त्री बालेन शाहको भेट, सुरुङमा फसेका नागरिकको उद्धारमा जुट्ने प्रतिबद्धता

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री बालेन शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भेटवार्ता गरेका छन्। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा घिसिङ नेतृत्वको टोलीले बाढी तथा विपद् प्रभावित क्षेत्रमा स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या र सरकारले तत्काल गर्नुपर्ने कामबारे प्रधानमन्त्रीलाई सुझाव दिएको हो। घिसिङका अनुसार टोलीले उद्धार, राहत र पुनर्स्थापनाका विषयमा लिखित तथा मौखिक सुझाव प्रस्तुत गरेको छ। भेटका क्रममा प्रधानमन्त्री बालेनले जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकको उद्धारबारे विशेष चासो राखेका थिए। त्यसबारे घिसिङले आफूहरूले बुझेका विषय तथा उद्धारका लागि गर्नुपर्ने कामबारे जानकारी गराएका थिए। घिसिङका अनुसार प्रधानमन्त्री बालेनले आवश्यक परे जुनसुकै स्रोतसाधन र जनशक्ति परिचालन गरेर भए पनि सुरुङमा फसेका नागरिकको उद्धार कार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार