• २०८३ भाद्र १८ गते बिहिवार
  • Preeti To Unicode

प्रतिनिधि सभा बैठकमै सांसद भरत खड्का ढले,

प्रतिनिधि सभा बैठकमै सांसद भरत खड्का ढले,

काठमाडौँ । प्रतिनिधि सभा बैठकका क्रममा सांसद भरत खड्का एकाएक ढलेपछि उपचारका लागि वीर अस्पताल लगिएको छ। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्मा बोलिरहेका बेला खड्का आफ्नै कुर्सीबाट अचानक ढलेका थिए। उनी ढलेलगत्तै संसद् सचिवालयको स्वास्थ्य इकाइमा सामान्य उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि एम्बुलेन्समार्फत वीर अस्पताल लगिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। खड्काको ब्लड प्रेसर उच्च रहेको र त्यसैक्रममा उनी अचानक ढलेको बताइएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार