काठमाडौं । सरकारले भदौ २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै भोलि शुक्रबारदेखि लगातार पाँच दिन सार्वजनिक बिदा हुने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते शोक बिदा तथा गत वर्ष भएको जेनजी आन्दोलनका शहीदहरूको सम्मानमा भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदा रहेको छ। त्यसपछि भदौ २० गते शनिबार र २१ गते आइतबार नियमित बिदा परेको छ। यससँगै भदौ २२ र २३ गते थप सार्वजनिक बिदा दिइएकाले भदौ १९ देखि २३ गतेसम्म लगातार पाँच दिन सार्वजनिक बिदा हुने भएको हो।