अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट : जकार्ताको विमानस्थलमा २०९ उडान प्रभावित

अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट : जकार्ताको विमानस्थलमा २०९ उडान प्रभावित

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटबाट निस्किएको खरानीका कारण जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन्। शुक्रबार रातिदेखि सुरु भएको विस्फोटबाट निस्किएको खरानी सुमात्राको लाम्पुङ र जाभाको बान्टेन प्रान्तसम्म फैलिएपछि अन्तर्राष्ट्रियसहित २०९ उडान प्रभावित भएको इन्डोनेसियाको यातायात मन्त्रालयले जनाएको छ। खरानीका कारण केही विद्यालय बन्द गरिएका छन् भने माछा मार्ने गतिविधिसमेत रोकिएको छ। विमानस्थलमा उडान स्थगित हुँदा यात्रुहरू प्रभावित भएका छन्। यद्यपि, इन्डोनेसियाको विपद् न्यूनीकरण निकायले तत्काल सुनामीको जोखिम नरहेको जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार