रसुवा बाढीको १२औँ दिन सेनाद्वारा थप ५ जनाको हवाई उद्धार

रसुवा बाढीको १२औँ दिन सेनाद्वारा थप ५ जनाको हवाई उद्धार

काठमाडौं । रसुवामा बाढी आएको १२औँ दिन नेपाली सेनाले थप ५ जनाको हवाई उद्धार गरेको छ । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार आइतबार दिउँसो १ बजेसम्म बाढी प्रभावित विभिन्न स्थानबाट ५ जनाको हवाई उद्धार गरिएको हो । सेनाका अनुसार हालसम्म रसुवा बाढी प्रभावित क्षेत्रबाट ३ हजार ९६७ जनाको हवाई उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २७५ जना विदेशी नागरिक रहेका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार