भिडियो बनाउने क्रममा महाकालीमा खसेर १५ वर्षीया किशोरी बेपत्ता

भिडियो बनाउने क्रममा महाकालीमा खसेर १५ वर्षीया किशोरी बेपत्ता

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–१०, खड्खदेनजिक भिडियो बनाउने क्रममा १५ वर्षीया किशोरी महाकाली नदीमा खसेर बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार स्थानीय सृष्टि सुनार नदीमा खसेर बेपत्ता भएकी हुन्। घटनासँग सम्बन्धित भिडियोसमेत सार्वजनिक भएको छ, जसमा किशोरी नदीमा खसेको दृश्य देखिन्छ। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार