• २०८३ भाद्र २३ गते मङ्गलवार
  • Preeti To Unicode

बागमती नदीको जलसतह सतर्कता तह पार, नदी आसपासका बासिन्दालाई उच्च सतर्कता

बागमती नदीको जलसतह सतर्कता तह पार, नदी आसपासका बासिन्दालाई उच्च सतर्कता

काठमाडौँ। काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा मंगलबार दिउँसो जलसतह सतर्कता तह पार गरेको छ। दिउँसो २:५० बजे गौरीघाट केन्द्रमा नदीको जलसतह सतर्कता विन्दुभन्दा माथि पुगेपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले सूचना जारी गर्दै नदी आसपासका क्षेत्र तथा डुबान भइरहने स्थानमा बसोबास गर्ने नागरिकलाई पूर्वसावधानी अपनाउन अपिल गरेको हो। नदीको जलसतह थप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार