काठमाडौँ । काठमाडौंको चाबहिलस्थित धोबिखोलामा चिप्लिएर लडेका एक युवकको प्रहरीले उद्धार गरेको छ। मंगलबार गोपीकृष्ण हल नजिकै धोबिखोलामा लडेका ३१ वर्षीय कैलाश रसाईलीलाई प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले उद्धार गरेको हो।
सुनसरीको धरान उपमहानगरपालिका–१४ घर भएका रसाईली हाल काठमाडौंको धुम्बाराहीमा बस्दै आएका थिए। उनी खोलामा लडेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले रसाईलीको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।