• २०८३ भाद्र २३ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानको पहिरोमा कक्षा १२ का विद्यार्थीको मृत्यु

सल्यानको पहिरोमा कक्षा १२ का विद्यार्थीको मृत्यु

तुलसीपुर (दाङ)। राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा सोमबार राति गएको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ। तुलसीपुरस्थित ग्रेट अरनीको इग्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ मा अध्ययनरत सल्यानको त्रिवेणी गाउँपालिका–३ निवासी मदन पुन बिदाको दिन घर जाने क्रममा पहिरोमा परेका थिए। पहिरोमा परी गम्भीर घाइते भएका पुनलाई उपचारका लागि सुर्खेत लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए। सोही पहिरोमा परी त्रिवेणी गाउँपालिका–३ का १८ वर्षीय सुनिल थापा पनि घाइते भएका छन्। उनको बायाँ हात र खुट्टामा चोट लागेको र श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार