• २०८३ कार्तिक २६ गते बुधवार
  • Preeti To Unicode

तीन वर्षीया बालिकामाथि बलात्कारको आरोपमा १८ वर्षीय किशोर पक्राउ

तीन वर्षीया बालिकामाथि बलात्कारको आरोपमा १८ वर्षीय किशोर पक्राउ

कैलाली । कैलालीको भजनी नगरपालिका–७ मा तीन वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ। बालिकामाथि यौन दुर्व्यवहार भएको घटना बाहिरिएपछि प्रहरीले आरोपित किशोरलाई पक्राउ गरी बलात्कारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार आरोपित किशोरलाई केही दिनअघि नै पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा आरोपितमाथि १९ गतेदेखि लागू हुने गरी थप सात दिनको म्याद थप गरिएको उनले जानकारी दिए। मुद्दा अनुसन्धानकै क्रममा रहेकाले घटनासम्बन्धी थप विवरण अहिले सार्वजनिक गर्न नमिल्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार