नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक संसद्मा पेस

नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक संसद्मा पेस

काठमाडौँ। प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक, २०८३’ पेस गर्न अनुमति दिइएको छ।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक पेस गर्न अनुमति माग्दै प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सभामुख डोलप्रसाद अर्यालको अनुमतिपछि विधेयक अघि बढाउने प्रक्रिया सुरु भएको हो।मन्त्री गौतमले सभामा विधेयक प्रस्तुत गर्दै नेपाल कानुन आयोगसम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई संशोधन गर्न प्रस्ताव अघि बढाएकी हुन्। कानुन प्रणालीलाई समयानुकूल, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले संशोधन विधेयक ल्याइएको जनाइएको छ।विधेयक पेस भएसँगै अब प्रतिनिधि सभामा यसमाथि आवश्यक छलफल तथा प्रक्रिया अघि बढ्नेछ। संसद्बाट पारित भएपछि विधेयकले कानुनी रूप लिनेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार