• २०८३ भाद्र २५ गते बिहिवार
  • Preeti To Unicode

राप्रपाको ४४ जिल्लामा अधिवेशन सम्पन्न

राप्रपाको ४४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशनलाई लक्षित गर्दै हालसम्म ४४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बाँकी जिल्लामध्ये अधिकांशमा पनि भदौ मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने गरी मिति तय गरेर तयारी भइरहेको छ । “भदौ मसान्तसम्म जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने गरी तयारी भइरहेको छ । सोहीअनुसार अधिकांश जिल्लाको मिति टुंगो लागिसकेको छ,” उनले भने । राप्रपाले यसअघि नै मंसिर २६, २७ र २८ गते पार्टीको महाधिवेशन गर्ने मिति घोषणा गरिसकेको छ ।

महाधिवेशनको तयारीस्वरूप राप्रपाले जिल्ला अधिवेशनलाई तीव्रता दिएको हो । पार्टीले भदौ मसान्तसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तालिका बनाएर संगठनात्मक तयारी अघि बढाएको छ । जिल्ला तहमा नयाँ नेतृत्व चयनसँगै महाधिवेशनका लागि प्रतिनिधि छनोटलगायतका प्रक्रिया अघि बढाउने तयारी पार्टीको छ ।

हालसम्म अधिवेशन सम्पन्न भएका जिल्लामा ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, इलाम, उदयपुर, झापा, मोरङ, सप्तरी, सिराहा, सर्लाही, पर्सा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, चितवन, लमजुङ, मुस्ताङ, गोरखा, म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपुर, कास्की, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रोल्पा, गुल्मी, पाल्पा, बर्दिया, कपिलवस्तु, दाङ, रुपन्देही, मुगु, हुम्ला, सल्यान, रुकुम पश्चिम, दैलेख, डोटी र बैतडी रहेका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार