• २०८३ भाद्र २५ गते बिहिवार
  • Preeti To Unicode

राप्रपाको ४४ जिल्लामा अधिवेशन सम्पन्न, भदौ मसान्तसम्म सबै जिल्ला सक्ने तयारी

राप्रपाको ४४ जिल्लामा अधिवेशन सम्पन्न, भदौ मसान्तसम्म सबै जिल्ला सक्ने तयारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालसम्म ४४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। पार्टीले भदौ मसान्तसम्म सबै जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गर्ने तालिका बनाएअनुसार अधिवेशनलाई तीव्रता दिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार बाँकी जिल्लामध्ये अधिकांशको अधिवेशनको मिति टुङ्गो लागिसकेको छ र आवश्यक तयारी भइरहेको छ। उनका अनुसार आज कालिकोट, भोजपुर, बारा र दोलखामा जिल्ला अधिवेशन भइरहेको छ।राप्रपाले आगामी मंसिर २६ देखि २८ गतेसम्म पार्टीको महाधिवेशन गर्ने मिति यसअघि नै तय गरिसकेको छ। महाधिवेशनको तयारीलाई तीव्र पार्दै पार्टी अहिले जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रित भएको प्रवक्ता श्रेष्ठले बताए।

राप्रपाका अनुसार हालसम्म ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, इलाम, उदयपुर, झापा, मोरङ, सप्तरी, सिराहा, सर्लाही, पर्सा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, भक्तपुर, चितवन, लमजुङ, मुस्ताङ, गोरखा, म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपुर, कास्की, नवलपरासी, रोल्पा, गुल्मी, पाल्पा, बर्दिया, कपिलवस्तु, दाङ, रुपन्देही, मुगु, हुम्ला, सल्यान, रुकुम पश्चिम, दैलेख, डोटी र बैतडीमा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार