• २०८३ भाद्र २५ गते बिहिवार
  • Preeti To Unicode

भोटेकोशी बाढीपछि लेदो र गेग्रान पन्छाउन निर्माण व्यवसायी महासंघको सहयोग

भोटेकोशी बाढीपछि लेदो र गेग्रान पन्छाउन निर्माण व्यवसायी महासंघको सहयोग

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण सडक तथा बस्ती क्षेत्रमा जम्मा भएको लेदो र गेग्रान पन्छाउन नेपाल निर्माण व्यवसायी महासंघले ५ वटा टिपर र स्काभेटर सहयोग गरेको छ। बाढी प्रभावित क्षेत्रको जनजीवन तथा आवागमन सहज बनाउने उद्देश्यले महासंघले नुवाकोट र धादिङका विभिन्न स्थानमा सरसफाइ तथा लेदो–गेग्रान हटाउने कार्यका लागि उपकरण परिचालन गरेको हो। महासंघका प्रवक्ता मंगलबहादुर शाहीका अनुसार विदुर, देवीघाट तथा गल्छी क्षेत्रमा जमेको लेदो सफा गर्न ५ वटा टिपर उपलब्ध गराइएको छ। विपद्का समयमा सडक खुलाउन तथा प्रभावित क्षेत्रको सरसफाइ कार्यलाई तीव्रता दिन स्थानीय प्रशासनसँग समन्वय गरी ती टिपर १५ दिनका लागि परिचालन गरिएको उनले जानकारी दिए। महासंघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का समयमा उद्धार, राहत तथा पूर्वाधार पुनर्स्थापनाका कार्यमा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि विपद् प्रभावित क्षेत्रमा आवश्यक सहयोगलाई निरन्तरता दिने महासंघले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार