काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।
मन्त्री यादवले बिहीबार ग्यास उद्योगीलाई ‘पाता कस्नुपर्ने’ भन्दै दिएको विवादित अभिव्यक्तिपछि उनको राजीनामा आएको हो। यादवले गत चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका रूपमा शपथ लिएकी थिइन्। उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।