• २०८३ भाद्र २५ गते बिहिवार
  • Preeti To Unicode

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार तीव्र बनाउन रास्वपाको माग

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार तीव्र बनाउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका कामलाई थप प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महाविपद्का कारण क्षति ठूलो भएकाले जनशक्ति, उपकरण र आवश्यक स्रोतसाधनसहित खोज तथा उद्धार कार्यलाई तीव्र बनाउनुपर्ने बताए। उनले बेपत्ता, उद्धार गरिएका तथा मृतकको प्रमाणित विवरण नियमित रूपमा प्रभावित वडा तहसम्म पुर्‍याउने र विपद्मा फसेका तथा पीडित परिवारलाई प्रत्यक्ष सूचना उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिए। भेटिएका शवको तत्काल डीएनए परीक्षण गरी पहिचान गर्न थप जनशक्ति, उपकरण र स्रोतसाधनसहित प्रभावकारी पहल गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए। साथै, विपद्पछिको पुनर्निर्माणका क्रममा भविष्यमा बाढी, पहिरो लगायतका जोखिमयुक्त क्षेत्रमा बस्ती, सार्वजनिक कार्यालय तथा अन्य संरचना निर्माण नगर्ने नीति अपनाउनुपर्ने र जोखिमयुक्त क्षेत्रमा आवश्यक जनचेतना अभिवृद्धि गर्नुपर्ने उनले बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार