• २०८३ भाद्र २५ गते बिहिवार
  • Preeti To Unicode

प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १० मिनेटका लागि स्थगित भएको छ। सांसदहरूले जनसरोकारका विभिन्न विषयमा धारणा राख्दै सरकारको ध्यानाकर्षण गराएपछि विशेष समय सकिएसँगै सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्। बैठकमा सांसदहरूले जलवायु परिवर्तनको असर, विपद् व्यवस्थापन, ग्यास अभाव, स्वास्थ्य सेवामा देखिएको लापरबाही तथा सरकारको कार्यशैलीलगायत समसामयिक विषय उठाएका थिए। उनीहरूले सदनमा उठाइएका प्रश्नहरूको सरकारले जवाफ दिनुपर्ने मागसमेत गरेका थिए। सांसदहरूको विशेष समय सकिएपछि सभामुख अर्यालले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार