• २०८३ भाद्र २६ गते शुक्रवार
  • Preeti To Unicode

चिलिमेमा फसेका ८ जनाको उद्धारका लागि सुरक्षाकर्मीको प्रयास तीव्र

चिलिमेमा फसेका ८ जनाको उद्धारका लागि सुरक्षाकर्मीको प्रयास तीव्र

काठमाडौँ । भोटेकोशी बाढीका कारण रसुवास्थित २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाको भूमिगत सुरुङमा फसेका ८ जनाको उद्धारका लागि सुरक्षाकर्मीहरूले प्रयास तीव्र पारेका छन् । उद्धार समन्वयका लागि पूर्वऊर्जामन्त्री कुलमान घिसिङ पनि आयोजनास्थलमा खटिएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी तथा भारतीय विशेषज्ञसहितको टोलीले सुरुङभित्र उद्धार कार्य गरिरहेको छ । भूमिगत विद्युत्गृहमा जाने मुख्य पहुँच सुरुङमा जम्मा भएको लेदो र बालुवा हटाउने काम भइरहेको छ भने हेभी इक्विपमेन्ट लैजान सडक निर्माण पनि जारी छ । सैनिक अधिकारीहरूका अनुसार स्याफ्रुवेशीदेखि चिलिमेको टनेलसम्म बनाइएको सडक सुरुङबाट करिब ३० मिटर नजिक पुगेको छ । घिसिङका अनुसार उद्धार टोली भूमिगत विद्युत्गृह नजिक पुगेको छ र अब विद्युत्गृहसम्म पुग्न करिब १०० मिटर बाँकी रहेको जानकारी छ । सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्र आवाज पठाउँदा इको सुनिएको भन्दै घिसिङले सुरुङमा फसेकाहरूको सकुशल उद्धार हुने सम्भावना रहेको बताएका छन् । सडकमार्गबाट स्काभेटर र लोडर पुगेपछि उद्धार कार्य थप तीव्र हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार