• २०८३ भाद्र २६ गते शुक्रवार
  • Preeti To Unicode

राष्ट्रिय सभाबाट विशेष सेवा विधेयक संशोधनविनै प्रतिनिधि सभामा फिर्ता

राष्ट्रिय सभाबाट विशेष सेवा विधेयक संशोधनविनै प्रतिनिधि सभामा फिर्ता

काठमाडौं। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पठाइएको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ राष्ट्रिय सभाले संशोधन नगरी पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाएको छ। शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सचिव प्रकाश अधिकारीले राष्ट्रिय सभाबाट प्राप्त विधेयकका सम्बन्धमा जानकारी गराएका थिए। उनका अनुसार राष्ट्रिय सभाको साउन २५ गते बसेको बैठकले विधेयकमा कुनै संशोधन नगरी पारित गरेको हो। प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १२४ को उपनियम ५ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी विधेयक प्रतिनिधि सभामा फिर्ता पठाइएको हो। राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलका अनुसार विधेयक व्यवस्थापन समितिको संलग्न प्रतिवेदनसहित राष्ट्रिय सभाले पारित गरेको थियो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार