बनेपामा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय पैदलयात्रीको मृत्यु

बनेपामा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय पैदलयात्रीको मृत्यु

काठमाडौँ । काभ्रेको बनेपास्थित अरनिको राजमार्गमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। शनिबार साँझ बनेपा–७ स्थित उग्रचण्डी पेट्रोलपम्प अगाडि सडक पार गर्ने क्रममा धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा.६५ प ४८१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बनेपा–७ का ७२ वर्षीय ज्ञानलाल मानन्धर गम्भीर घाइते भएका थिए। उनको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए। दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको महाभारत–६ घर भई बनेपा–४ नालामा डेरा गरी बस्ने २७ वर्षीय रविन घिसिङ पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार