काठमाडौँ । पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङ बैंकिङ कसुर मुद्दामा ८ दिन प्रहरी हिरासतमा बसेर रिहा भएका छन्। भदौ १८ गते पक्राउ परेका गुरुङ भदौ २६ गते जाहेरवालालाई बुझाउनुपर्ने रकम तिरेर मिलापत्रपछि छुटेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार गुरुङले दोर्जे शेर्पालाई ३३ लाख ५० हजार, रिगुज्याम्पु शेर्पालाई १४ लाख र सुनुर्पु शेर्पालाई २४ लाख रुपैयाँ गरी कुल ७१ लाख ५० हजार रुपैयाँ बुझाएका छन्। एसएसपी घिमिरेले भदौ १८ गते नियन्त्रणमा लिइएका गुरुङ मिलापत्र गरेपछि रिहा भएको जानकारी दिएका छन्।