काठमाडौं । काठमाडौं महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक मंगलबार बस र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । बुढानीलकण्ठबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बा ५ ख ३६७१ नम्बरको भाडाको बस र नारायणगोपाल चोकबाट बुढानीलकण्ठतर्फ आउँदै गरेको बा ५३ प २४८५ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए । दुर्घटनामा बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलका २२ वर्षीय समिर श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।