• २०८३ भाद्र ३० गते मङ्गलवार
  • Preeti To Unicode

रसुवाको बाढी उद्धारमा सरकार असफल भएको आरेन राईको आरोप

रसुवाको बाढी उद्धारमा सरकार असफल भएको आरेन राईको आरोप

काठमाडौँ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा सरकार प्रभावकारी हुन नसकेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले रसुवालगायत बाढी प्रभावित जिल्लामा खोज, उद्धार तथा राहतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताएका हुन्। उनले रसुवाको हाकुबेसीस्थित सुरुङमा फसेका नागरिकको उद्धारका लागि पर्याप्त सुरक्षाकर्मी तथा विज्ञ परिचालन नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार हाकुबेसी सुरुङमा करिब ३ सय जना बेपत्ता रहेको जानकारी आएको छ भने उद्धारका लागि करिब २० जना मात्र खटाइएको छ। त्यस्तै, चिलिमे हाइड्रोपावर क्षेत्रमा पनि ६ देखि ८ जना बेपत्ता भएको जानकारी आएको उनले बताए। सरकारको कमजोरी र लापरवाहीका कारण उद्धार गरी बचाउन सकिने नागरिकले समेत अकालमा ज्यान गुमाउनुपरेको दाबी गर्दै राईले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतको कामलाई थप तीव्र र प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार