माइतीघरमा राखिएका टेन्ट प्रहरीले हटाएपछि थापाथली जाने सडक खुला

माइतीघरमा राखिएका टेन्ट प्रहरीले हटाएपछि थापाथली जाने सडक खुला

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा लामो समयदेखि जारी प्रदर्शनका कारण अवरुद्ध हुँदै आएको थापाथलीतर्फ जाने सडक बुधबार बिहानदेखि सुचारु भएको छ। सडकमा टेन्ट राखेर निरन्तर धर्ना दिइरहेका प्रदर्शनकारीका टेन्ट प्रहरीले हटाएपछि सडक खुला भएको हो। रातको समयमा सडकमा बस्दा सुरक्षा जोखिम बढ्नुका साथै आन्दोलनकारीको स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीले जनाएको छ। प्रहरीले दिउँसोको समयमा प्रदर्शन तथा आन्दोलन गर्न कुनै अवरोध नहुने स्पष्ट पार्दै रातको समयमा भने माइतीघर क्षेत्रमा नबस्न आग्रह गरेको छ। दिनरात आन्दोलनकारीको उपस्थितिका कारण माइतीघरको भित्री सडकखण्ड लामो समयदेखि अवरुद्ध हुँदै आएको थियो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार