विपद्को आडमा महँगी र कालोबजारी बढेको भन्दै सरकारको ध्यानाकर्षण

विपद्को आडमा महँगी र कालोबजारी बढेको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवा बाढीपछि बजारमा अत्यधिक महँगी, कालोबजारी र ग्यास अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद केसीले कानुनतः २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने व्यवस्था भए पनि उक्त नियम कागजमै सीमित भएको र अनुगमनकारी निकाय मूकदर्शक बनेको आरोप लगाए। राष्ट्रिय शोक र विपद्को समयमा नागरिकको चूलो बल्ने अवस्था सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भए पनि सरकार मौन बसेको उनको भनाइ थियो। उनले बजारमा युद्धस्तरमा अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्न तथा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकारसँग माग गरे। आपूर्ति व्यवस्था तत्काल सुधार नगरिए जनता सडकमा उत्रिन बाध्य हुने चेतावनीसमेत उनले दिए। साथै, रसुवा बाढीपछि सडक सञ्जाल अवरुद्ध हुँदा बाढी प्रभावित नागरिक थप समस्यामा परेको भन्दै उनले अवरुद्ध सडक सञ्चालनमा ल्याउन सरकारको ध्यान केन्द्रित गर्न आग्रह गरे।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार