बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, मुद्दतीमा नबिल र प्रभु बैंक अगाडि

बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, मुद्दतीमा नबिल र प्रभु बैंक अगाडि

काठमाडौं । वाणिज्य बैंकहरूले नयाँ महिनाका लागि मुद्दती तथा बचत खाताको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बजारमा पर्याप्त तरलता रहे पनि वित्तीय प्रणालीमा कर्जाको माग सुस्त रहेका कारण अधिकांश बैंकहरूले निक्षेपको ब्याजदर घटाउने वा यथावत् राख्ने नीति अपनाएका छन्।व्यक्तिगत मुद्दती निक्षेपतर्फ नबिल बैंक र प्रभु बैंकले सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर तोकेका छन्। त्यस्तै, एनएमबी बैंक, सानिमा बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशतसम्म ब्याजदर दिने भएका छन्। नेपाल बैंकले ४.१५ प्रतिशत, एभरेस्ट बैंकले ४.०५ प्रतिशत तथा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एशिया बैंकले ४ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ३.८० प्रतिशत र कुमारी बैंकले ३.४६ प्रतिशतसम्म ब्याजदर तोकेका छन्। बैंकअनुसार मुद्दती निक्षेपको ब्याजदरमा केही अन्तर देखिए पनि समग्रमा निक्षेपको ब्याजदर न्यून स्तरमा रहेको छ।बचत खातातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एभरेस्ट बैंकले सबैभन्दा बढी ३.७५ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्। कुमारी बैंकले ३.३१ प्रतिशत, एनआईसी एशिया बैंकले ३.२५ प्रतिशत तथा प्रभु बैंक र नेपाल बैंकले ३ प्रतिशत ब्याजदर तोकेका छन्।त्यस्तै, नबिल बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकले बचत खातामा २.८० प्रतिशत ब्याजदर दिने भएका छन्। एनएमबी बैंक, ग्लोबल

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार