सुर्खेतमा फरुवा प्रहारबाट महिलाको मृत्यु

सुर्खेतमा फरुवा प्रहारबाट महिलाको मृत्यु

सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चामा फरुवा प्रहारबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीया चन्द्रा देवकोटा रहेकी छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बोहोराका अनुसार आज बिहान करिब १०:२० बजे उनका श्रीमान् ३२ वर्षीय गोपीराम जैसीले फरुवाले चन्द्राको टाउकोमा प्रहार गरेका थिए। गम्भीर चोट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयवासीले गोपीरामलाई नियन्त्रणमा लिएर राखेका छन् भने घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार