काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखामा पुगेर भारी वर्षाको सम्भावित अवस्थाबारे जानकारी लिएका छन्।
मंगलबार महाशाखा पुगेका मन्त्रीद्वयले असोज ८, ९ र १० गतेसम्म हुने भनिएको भारी वर्षाको अवस्था, पछिल्लो मौसम गतिविधि तथा वर्षाको पूर्वानुमानबारे सम्बन्धित अधिकारीसँग जानकारी लिएका हुन्।
उनीहरूले भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिम तथा त्यसबाट पर्न सक्ने प्रभावबारे समेत अधिकारीसँग अपडेट लिएका छन्। साथै, सम्भावित विपद्का घटनालाई ध्यानमा राख्दै आवश्यक तयारी र जोखिम न्यूनीकरणका विषयमा समेत जानकारी लिइएको छ।