कैलाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी भीम बडुवाललाई

कैलाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी भीम बडुवाललाई

कैलाली । नेपाली कांग्रेसले कैलाली जिल्ला कार्यसमितिका उपसभापति भीम बडुवाललाई कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी दिएको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले बडुवाललाई पत्र पठाउँदै पार्टीको विधान, २०१७ (एघारौँ संशोधनसहित) बमोजिम १५औँ महाधिवेशनअन्तर्गत जिल्लामातहतका अधिवेशन सम्पन्न गर्न कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको जानकारी दिएका छन्।

कांग्रेस कैलालीका जिल्ला सभापति नारायणदत्त भट्ट राष्ट्रिय सभा सदस्य बनेपछि उनले उपसभापति खेम चौधरी डगौरालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। डगौरा सभापति शेरबहादुर देउवा पक्षनिकट रहेको उल्लेख गर्दै पार्टीले अहिले अर्का उपसभापति बडुवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। बडुवालको नेतृत्वमा अब कैलालीमा १५औँ महाधिवेशनअन्तर्गतका जिल्ला तहका अधिवेशनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार