काठमाडौँ । डा. शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजक समितिले गुल्मी जिल्ला संयोजकको जिम्मेवारी वेदबहादुर थापा मगरलाई दिएको छ। डा. कोइरालाले आज थापा मगरलाई नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने तयारीका लागि जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन्। विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कांग्रेसले महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु गरेसँगै डा. कोइराला पक्षले पनि समानान्तर रूपमा महाधिवेशनको तयारी तीव्र पारेको हो। सोही क्रममा जिल्ला तथा प्रदेशस्तरमा अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी विभिन्न नेताहरूलाई बाँडफाँट गरिएको छ। कोइराला पक्षले आगामी मङ्सिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ भने त्यसअघि असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ।