गुणस्तरहीन भेटिएपछि जिलिपिड–वानको बिक्री वितरणमा रोक

गुणस्तरहीन भेटिएपछि जिलिपिड–वानको बिक्री वितरणमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तरको पाइएको मधुमेह (सुगर) रोगको औषधि जिलिपिड–वानको बिक्री वितरणमा रोक लगाउँदै बजारमा रहेका औषधि तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको नमुना परीक्षणका क्रममा नवलपरासीस्थित टाइम फर्मास्युटिकल्सद्वारा उत्पादित १ एमजी क्षमताको जिलिपिड–वान औषधिको ब्याच नम्बर जीएम–०७० को घुलनशीलता निर्धारित मापदण्डअनुसार नपाइएपछि विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम यस्तो निर्णय गरेको हो । विभागले उक्त ब्याचको औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न चिकित्सक, स्वास्थ्यकर्मी, व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, उत्पादक कम्पनी तथा त्यसका प्रतिनिधिलाई बजारमा रहेका उक्त औषधि तुरुन्त फिर्ता गरी त्यसको विवरण विभागमा पेस गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार