दीपेन्द्रसिंह ऐरी टी–२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा

दीपेन्द्रसिंह ऐरी टी–२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा

काठमाडौं । नेपाली टी–२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउन्डर वरियतामा एक स्थान तल झरेका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार दीपेन्द्र तेस्रोबाट चौथो स्थानमा पुगेका हुन्। उनको रेटिङ अंक भने २५६ नै कायम छ।

नेपालले पछिल्लो समय टी–२०आई क्रिकेट नखेलेका कारण दीपेन्द्रको वरियतामा परिवर्तन भएको हो। उनीभन्दा तल रहेका इंग्ल्यान्डका विल ज्याक्सले श्रीलंकाविरुद्धको टी–२०आई शृङ्खलामा गरेको प्रदर्शनका आधारमा तेस्रो स्थानमा उक्लिएपछि दीपेन्द्र चौथोमा झरेका हुन्।

टी–२०आई अलराउन्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा ३२१ रेटिङ अंकसहित यथावत् छन्। पाकिस्तानका सायम अयुब दोस्रो स्थानमा छन् भने अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ पाँचौं स्थानमा छन्।नेपाली टोलीले शुक्रबारदेखि एसियन गेम्सको क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ। एसियन गेम्समा खेलाडीहरूले गर्ने प्रदर्शनका आधारमा आगामी वरियतामा फेरबदल हुन सक्नेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार